मुख्य भागमा जानुहोस्

खाता र डेटा मेटाउने

पछिल्लो पटक अद्यावधिक: २६ कार्तिक २०८३

तपाईं जुनसुकै बेला आफ्नो SudurService खाता र त्यससँगको डेटा मेटाउन भन्न सक्नुहुन्छ। मोबाइल नम्बर, Google वा Facebook जुनसुकैबाट लगइन गर्नुहुन्छ, तरिका एउटै हो।

कसरी भन्ने

  • सम्पर्क पेजबाट हामीलाई सम्पर्क गरेर खाता मेटाउन चाहेको बताउनुहोस्।
  • लगइन गर्ने मोबाइल नम्बर वा इमेलबाटै लेख्नुहोस्। यसैबाट हामी खाता तपाईंकै हो भनेर थाहा पाउँछौं। त्यसो गर्न सक्नुहुन्न भने त्यो नम्बर वा इमेल बताउनुहोस्, हामी केही मेटाउनुअघि अर्को तरिकाले जाँच्छौं।
  • Google वा Facebook बाट लगइन गर्नुहुन्छ भने कुनबाट भनेर बताउनुहोस्, थाहा भए त्यो खाताको इमेल पनि।

के मेटिन्छ

  • तपाईंको खाता: नाम, मोबाइल नम्बर, इमेल, र Google वा Facebook लगइनसँगको जोड।
  • तपाईंको खाताले बनाएका सबै व्यवसाय, तिनका सामान, मूल्य र फोटोसहित। ती साइटमा देखिन बन्द हुन्छन्।
  • सबै उपकरणमा भएको लगइन। तपाईं जताततैबाट लगआउट हुनुहुन्छ।

हामीले के राख्न सक्छौं

  • खाता कहिले मेटियो भन्ने छोटो टिपोट, र कानुनले राख्नुपर्ने रेकर्ड। यिनलाई अरू कुनै काममा प्रयोग गर्दैनौं।
  • पेज हेराइको गन्ती, जसमा तपाईंको नाम कहिल्यै थिएन।

Facebook र Google

  • SudurService ले तपाईंको Facebook लगइन प्रयोग गर्न नपाओस् भन्ने हो भने Facebook खोलेर Settings and privacy, Settings, अनि Apps and websites मा गई SudurService हटाउनुहोस्। Google का लागि आफ्नो Google Account को Security मा Your connections to third-party apps and services बाट हटाउनुहोस्।
  • यसले त्यो लगइनबाट हुने आगामी पहुँच रोक्छ। हामीसँग भइसकेको डेटा भने मेटिँदैन, त्यसैले हामीलाई पनि भन्नुहोस्।

कति समय लाग्छ

अनुरोध पाएको ३० दिनभित्र हामी तपाईंको खाता र डेटा मेटाउँछौं, र सकिएपछि तपाईंलाई खबर गर्छौं। कुनै ब्याकअपमा प्रति बाँकी रहेछ भने त्यो ब्याकअपको म्याद सकिँदा हट्छ, र साइटमा फेरि कहिल्यै राखिँदैन।

सम्पर्क गर्नुहोस्